होमपेज > आईटी अफिसरलाई २ लाखसम्म तलब, कुन पदलाई कति ?

आईटी अफिसरलाई २ लाखसम्म तलब, कुन पदलाई कति ?

बिज्ञापन
बिज्ञापन

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई आकर्षक सुविधा दिनसक्ने बाटो खुला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै जारी गरेको ‘सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स, २०८२’ मा अब दक्ष आइटी अधिकृतहरूले मासिक २ लाखसम्म तलब पाउने बाटो खोलेको हो ।

बिज्ञापन

नयाँ नर्म्स अनुसार सबैभन्दा उच्च पारिश्रमिक परियोजना प्रबन्धक वा टिम लिडरलाई निर्धारण गरिएको छ । सूचना प्रविधिमा स्नात्तकोत्तर र ५ वर्षको न्यूनतम अनुभव भएका व्यक्तिले मासिक २ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

त्यस्तै सूचना प्रविधिमा स्नातक गरी पाँच वर्षको अनुभा भएका एस‌ओसी विश्लेषक (एल–३), डिजिटल फरेन्सिक विश्लेषक, जोखिम जासुसी विशेषज्ञ मासिक १ लाख ७२ हजारसम्म तलब निर्धारण गर्न सकिनेछ ।

त्यस्तै सूचना प्रविधिमा स्नातक र सम्बन्धित प्रमाणीकरण सहित ५ वर्षको अनुभव भएका सिस्टम आर्किटेक्ट तथा विश्लेषकका लागि मासिक १ लाख ६० हजार, सोही योग्यता भएका सिनियर डाटाबेस डिजाइनर, सिनियर सफ्टवेयर–वेभ–एन्ड्रोइड डेभलपरका लागि मासिक १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक निर्धारण गर्न सकिनेछ ।

बिज्ञापन

त्यस्तै, ५ वर्ष (क्लाउड) र ३ वर्ष (एपीआई) को अनुभवका लागि मासिक १ लाख २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । २ वर्षसम्म अनुभव भएका क्लाउड र इन्फास्ट्रक्चर एक्सर्ट, एपीआई डेभलपर जोखिम मापक, इथिकल ह्याकर, एप्लिकेसन सेक्युरिटी इन्जिनियर तथा थ्रेट एनालिस्टलाई १ लाख १० हजार तलब निर्धारण गरिएको छ ।

त्यसबाहेक सूचना प्रविधिमा स्नातक र सम्बन्धित प्रमाणीकरण सहित ३ वर्षको अनुभव भएका इन्फरमेसन सेक्युरिटी अफिसर र एस‌ओसी एनालिस्टका लागि मासिक १ लाख ५ हजारसम्म तलब तोक्न सकिनेछ ।

डाटाबेस एडमिनिस्ट्रेटर, क्वालिटी एश्योरेन्स एनालिस्ट, सफ्टवेयर टेस्टर, आइटी अडिटर, सिस्टमरनेटवर्क एडमिनिस्ट्रेटर, जुनियर डेभलपर जस्ता अन्य विभिन्न पदहरूका लागि पनि आकर्षक तलबको व्यवस्था गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते