होमपेज > ‘प्रि–आईपीओ’ को नाममा सेयर किनबेच गर्नु अवैध र गैरकानुनी – नेपाल धितोपत्र बोर्ड

‘प्रि–आईपीओ’ को नाममा सेयर किनबेच गर्नु अवैध र गैरकानुनी – नेपाल धितोपत्र बोर्ड

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल धितोपत्र बोर्डले ‘प्रिआईपीओ’ को नाममा सेयर किनबेच नगर्न आग्रह गरेको छ । बोर्डले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘प्रिआईपीओ’ नाममा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत भइरहेको सेयर किनबेचको गतिविधिबाट सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।

बिज्ञापन

केही व्यक्तिहरूले ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल तथा एसएमएस जस्ता माध्यमबाट सार्वजनिक निष्कासन नभइसकेका संस्थाहरूको सेयर भविष्यमा सार्वजनिक हुने भन्दै सर्वसाधारणलाई प्रिआईपीओ नाममा सेयर खरिद गर्न प्रस्ताव गरिरहेका छन् । यस्तो किसिमको कारोबार अवैध र गैरकानुनी भएको बोर्डले स्पष्ट पारेको छ । तर, यस्ता क्रियाकलाप भइरहँदा समेत बोर्डले कारबाही गरेको छैन ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १९ को उपदफा १ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले धितोपत्र बोर्डको स्वीकृति बिना सार्वजनिक निष्काशन गर्न, त्यसको प्रचार गर्न वा वितरण गर्न नपाइने व्यवस्था छ । यसै अनुसार, ‘प्रिआईपीओ’ भन्ने नाममा सेयर बिक्री तथा खरिद गर्न खोज्ने कार्य कानुनविपरीत हुने भएकोले, यसप्रकारको गतिविधिमा संलग्न नगर्न बोर्डले चेतावनी दिइएको छ ।

बिज्ञापन

बोर्डले थप स्पष्ट पारेको छ कि यस्ता कार्यहरूले सर्वसाधारण लगानीकर्तालाई भ्रममा पार्ने, ठग्ने र आर्थिक क्षति पुर्‍याउने सम्भावना भएकोले यस्ता कार्यमा संलग्न नहुन सर्वसाधारण, लगानीकर्ता तथा संस्थाहरूलाई अनुरोध गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते