बिज्ञापन
नेपालको लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले बडादशैंको अवसरमा ग्राहकहरूका लागि विशेष योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ। “यो दशैं Best Value रोज्नुहोस्” भन्ने नारासहित ल्याइएको यो योजना २०७९ भदौ ७ देखि २०७९ कार्तिक १४ गतेसम्म देशभरिका सबै अधिकृत होन्डा शोरूमहरूमा लागू हुनेछ।
बिज्ञापन
दशैं–तिहारको रमाइलो मौसमलाई लक्षित गर्दै ल्याइएको यस योजनाको मुख्य उद्देश्य गाडी खरिद गर्न इच्छुक ग्राहकहरूलाई उत्कृष्ट मूल्य, सेवा र सुविधा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले रु. ४ लाखसम्मको नगद छुट सहित विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन्। योजनाका अन्य प्रमुख सुविधाहरू – ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, १ वर्षको सडक करमा छुट, पुराना गाडी एक्सचेन्ज गर्दा रु. २५,००० को बोनस, निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स, लोकप्रिय मोडेलहरूमा उपलब्ध छन् ।
यो अफर होन्डाका लोकप्रिय मोडेलहरू (जस्तै – Honda City, City e:HEV, Elevate, Amaze, र City Fifth Generation) मा लागू हुनेछ। नेपालमा होन्डा ब्रान्डको सबैभन्दा भरपर्दो नामको रूपमा स्थापित स्याकार ट्रेडिङ्ग कम्पनीले विगत लामो समयदेखि गुणस्तरीय सवारी साधन र विश्वस्त ग्राहक सेवा प्रदान गर्दै आएको छ। आफ्ना ग्राहकहरूलाई निरन्तर नयाँ, भरपर्दो र मूल्य–सम्बद्ध योजनाहरू प्रदान गर्दै आइरहेको स्याकार ट्रेडिङ्गले यो दशैं अफरलाई पनि नवीन पहलको निरन्तरता मानेको छ।








