होमपेज > नामीको एक वर्षको एनिभर्सरी: सफलताको कथा र उत्सव

नामीको एक वर्षको एनिभर्सरी: सफलताको कथा र उत्सव

बिज्ञापन
बिज्ञापन

नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक, २२ अगस्ट २०२४ मा, सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोमार्फत नामीले आफ्नो भव्य डेब्यु गरेको थियो। केबल १२ महिनामै नामीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूको उत्साहपूर्ण स्वागत पाएको छ र छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको छ। यस उपलब्धीले नामीलाई इलेक्ट्रिक ह्याचब्याक सेग्मेन्टको अग्रणीको रूपमा स्थापित गरेको छ र ग्राहकवर्गको बढ्दो विश्वास र निष्ठालाई पनि उजागर गरेको छ।

बिज्ञापन

सार्वजनिक हुँदै गर्दा नामी ०१ बजारलाई चुनौती दिने उद्देश्यले आएको थियो र त्यसले आफ्नो वचन पूरा गरेको छ। यस सेग्मेन्टमै पहिलो पटक फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटप सहितको ड्रएर जस्ता विशेषताहरू ल्याएर नामी ०१ ले आइडियल ह्याचब्याकको परिभाषा नै नयाँ बनाएको थियो। साथै, १२.८” को उन्नत इन्फोटेन्मेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको थियो। योसँगै नामीले छिटो बजार विस्तार गर्दै नेपालको बहुसंख्यक जनतालाई इलेक्ट्रिक मोबिलिटी सुलभ बनाएको छ।

बिज्ञापन

नामी ०१ को सफलता केवल अंकमा सीमित छैन, यसले उपयुक्त मूल्यसँग संयोजन गर्दा ग्राहकहरूले नवीनता र गुणस्तरलाई कदर गर्छन् भन्ने समेत देखाएको छ। एक वर्ष बितिसक्दा पनि यसको मूल्य कम्पेटिटिभ छ, किनकि आजको बजारमा थोरै मात्र ईभीहरूले यति किफायती मूल्यमा यति धेरै प्रिमियम सुविधाहरू प्रदान गर्न सक्छन्।

यो विशेष अवसरलाई स्मरण गर्न नामीले आफ्नो स्टलमा ग्राहक, सरोकारवाला, अटो ब्लगर र सञ्चारकर्मीहरूको उपस्थितिमा केक काटेर उत्सव मनायो। सो अवसरमा एमएडब्लू वृद्धिका सीईओ श्री प्रशन्न पन्तले यो यात्रा सम्झिँदै भने, “नामीसँगको यो एक वर्षको यात्रा साँच्चै नै उल्लेखनीय रह्यो। हामीप्रति विश्वास राख्नु हुने सबै ग्राहकहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ, र हामी नेपालमा नवीन र दिगो मोबिलिटी सोलुसन्स निरन्तर ल्याइरहनेछौँ।”

बिज्ञापन

तर नामी यतिमै रोकिने छैन। नामी ०१ को सफलता उत्सव मनाएसँगै ब्रान्डले आफ्नो आगामी रोमाञ्चक योजनाको झलक पनि दिएको छ, जसमा अर्को ठूलो कदमको रूपमा ‘नामी भिगो’ को घोषणा गरिएको छ। यो नयाँ मोडलले नामी ०१ को सफलतालाई निरन्तरता दिँदै कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ सीमा पार गर्ने तयारी गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते