बिज्ञापन
विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालले आक्रमण गर्दा घाइते भएका विद्यार्थीमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
बिज्ञापन
त्रिवेणी गाउँपालिका–७ गाङस्थित विरेन्द्र माध्यमिक विद्यालयमा कक्षा शिशुमा अध्ययनरत मोहन परियारलाई राति १:१० बजे उपचारको क्रममा बचाउन मृत्यु भएको हाे। अरिङ्गालले टोक्दा घाइते भएका अन्य विद्यार्थीहरूलाई प्राथमिक उपचारपछि रोल्पा अस्पताल रेउघा ल्याइएको र त्यहाँबाट थप उपचारका लागि दाङ रेफर गरिएको छ।
विद्यालयका प्रधानाध्यापक बरमन बुढा मगरका अनुसार विद्यालयबाट फर्कने क्रममा त्रिवेणी-७ तिलाको नजिकै जंगल पार गर्ने क्रममा अरिङ्गालले सात जना विद्यार्थीलाई आक्रमण गरेको हो। घाइते हुनेहरूमा कक्षा १० की सुनिता परियार (अवस्था मध्यम), कक्षा ७ का आयुष परियार (सामान्य), कक्षा ५ का शंकर परियार (गम्भीर), कक्षा ४ की मनिषा परियार (मध्यम), केजीका कमल परियार (मध्यम), शिशु कक्षाका आशिष परियार (गम्भीर) र मोहन परियार (गम्भीर) रहेका थिए।
बिज्ञापन
गैरिगाउँ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि सबैलाई रेउघा अस्पताल पुर्याइएको थियो। त्यसमध्ये सामान्य घाइते आयुष परियार भने घर फर्किसकेका विद्यालयले जनाएको छ।








