नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफरले चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको छ ।
बिज्ञापन
कम्पनीले यस साझेदारीमार्फत सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स सेवा प्रवाह गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । स्वस्तिमा ईसेवा मनी ट्रान्सफरसँग सुरुआती दिनदेखि नै आबद्ध रहँदै आएकी छन् । उनले नेपालभित्रका विभिन्न स्थानदेखि विदेशसम्म पुगेर सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गर्दै औपचारिक रेमिट्यान्सको महत्त्वबारे निरन्तर जनचेतना फैलाउँदै आएकी छिन् ।
बिज्ञापन
“मैले ईसेवा मनी ट्रान्सफरसँग सुरुआती दिनदेखि नै सहकार्य गर्दै आएकी छु । यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दियो । त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ । यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो,” खड्काले भनिन् ।
ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अजेश कोइरालाले स्वस्तिमालाई पुनः स्वागत गर्दै भने, “स्वस्तिमा खड्कासँग पुनः सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । उहाँ सुरुदेखि नै ‘मेरो डिजिटल देश’ अभियानको अभिन्न हिस्सा रहनुभएको छ । यस पुनः साझेदारीले हामीलाई अझ धेरै नेपाली माझ पुग्न र सुरक्षित, भरपर्दो तथा डिजिटल माध्यमबाट रेमिट्यान्स सेवा प्रवाह गर्न थप सहयोग गर्नेछ । स्वस्तिमाजस्तो लोकप्रिय र जनप्रिय व्यक्तित्वले हाम्रो सन्देशलाई अझ प्रभावकारी ढंगले पुर्याउने विश्वास हामीसँग छ ।”
बिज्ञापन
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ईसेवा मनी ट्रान्सफर एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी कम्पनी हो ।








