होमपेज > अमेरिमा कानून उल्लंघन गर्ने ६ हजारभन्दा बढी विद्यार्थीको भिसा रद्द

अमेरिमा कानून उल्लंघन गर्ने ६ हजारभन्दा बढी विद्यार्थीको भिसा रद्द

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।

बिज्ञापन

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार भिसामध्ये ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द गरिएका छन्।

त्यसैगरी, २०० देखि ३ सय भिसा आईएनए-थ्रीबी अनुसार आतंकवादसँग जोडिएको घटनाका कारण रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ। यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसअन्तर्गत विदेशी विद्यार्थीसँग पनि कडा व्यवहार गरिएको बीबीसीले जनाएको छ।

बिज्ञापन

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध पनि कारवाही गरेको छ। उनीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते