नेपाल विद्युत् प्राधिकरणको नाफामा गिरावट आएको छ । प्राधिकरण गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको हो ।
बिज्ञापन
प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५३ करोड रुपैयाँ कमाएको थियो ।
बिज्ञापन
कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बढाइरहेको थियो । तर घिसिङलाई बर्खास्त गरेसँगै प्राधिकरणको नाफामा गिरावट देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिले नाफामा कमी आए पनि आउँदो वर्षमा वृद्धि हुने बताएका छन् । शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५९१ गिरावट मेगावाट पुगेको छ ।
बिज्ञापन
त्यस्तै, नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ मेगावाट घण्टा पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ । विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आएको छ ।
२०८१/८२ मा प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, प्राधिकरणका अनुसार आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको छ ।








