होमपेज > नेपाल प्रहरीको सार्वजनिक खरिद सम्बन्धी बोलपत्रमा मिलेमतोको आरोप, छानबिन सुरू

नेपाल प्रहरीको सार्वजनिक खरिद सम्बन्धी बोलपत्रमा मिलेमतोको आरोप, छानबिन सुरू

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीले आह्वान गरेको सार्वजनिक खरिद सम्बन्धी बोलपत्रमा मिलेमतो गरेको आरोप लागेपछि छानबिन सुरू भएको छ।

बिज्ञापन

बन्दोबस्तीका सामान खरिदका लागि गरिएको बोलपत्र आह्वानमा मिलेमतो भएको उजुरीपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन थालेको हो। कार्यालयका सहसचिव तथा प्रवक्ता रामबन्धु सुवेदीका अनुसार खरिद अनुगमन शाखाका प्रमुख विनोद कोइरालाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरी छानबिन सुरू गरिएको छ।

बिज्ञापन

उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। ‘के कसो भएको हो, यथार्थ विवरण अध्ययन गर्नू र सिफारिस गर्नू भन्ने कार्यादेश समितिलाई दिइएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘समितिको निष्कर्ष र सिफारिस केकस्तो आउँछ त्यसअनुसार नै कार्यालयले निर्णय लिन्छ।’

नेपाल प्रहरी प्रधान कार्यालयले बन्दोबस्तीका सामानका लागि साउन १२ गते बोलपत्र आह्वान गरेको थियो। झुल, म्याट्रेस, ब्लु डांग्री क्लोथ, जुनियर अफिसर्स पी(क्याप, नाइलन वेब बेल्ट, ट्राफिक रेन सुट, स्नो सुइटर, ब्यान्ड ड्रेस सेट, गगल्स, विसल्ट विथ विसल्ट कर्ड, पाल, ट्राफिक ज्याकेट, इन्सिग्निया बेस, स्नो वुलन भेष्ट र ट्राउजर, गर्भवती महिला युनिफर्म, स्नो गगल्स, क्यामियो चुस्ता, ट्राफिक पी(क्याप, स्नोक्याप, स्नो ग्लभ्स र ट्राफिक रिफ्लेक्टर ज्याकेटका लागि बोलपत्र आह्वान गरेको थियो।

बिज्ञापन

सीमित ठेकेदार कम्पनीलाई मात्रै टेण्डर पर्न खोजिएको भन्दै कार्यालयमा उजुरी परेको थियो। यस्तै मिलेमतो गरी भ्रष्टाचारसमेत गर्न लागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा समेत उजुरी परेको थियो। यसरी उजुरी प्राप्त गरेपछि अख्तियारले समेत कार्यालयलाई छानिबन गर्न निर्देशन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए।

‘क्राइटेरिया बनाउँदा केही सीमीत कम्पनीलाई पर्ने गरी बोलपत्र आह्वान गरियो भनेर भनिएको छ। अख्तियारमा उजुरी परेपछि निर्देशन प्राप्त भएको हो,’ उनले भने, ‘खरिदको अनुगमन गर्ने काम कार्यालयको भयो। अख्तियारले भ्रष्टाचार भइसकेपछि अनुसन्धान गर्ने भएकाले निर्देशन प्राप्त भएको हो।’

नेपाल प्रहरीले पछिल्लो समय विभिन्न सामान खरिद गर्नका लागि बोलपत्र आह्वान गर्दै आएको छ। साउन १६ गते, साउन १२ गते, साउन ७ गते, साउन ५ गते बोलपत्र आह्वान गरेको छ। त्यस्तै नेपाल प्रहरीले अहिले हतियार समेत खरिद गर्ने तयारी गरिरहेको छ। त्यसका लागि बोलपत्र भने आह्वान भइसकेको छैन।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते