स्वावलम्बन लघुवित्तले पाँच वर्षभन्दा पुरानो नगद लाभांश अझै नलिएका शेयरधनीलाई यथाशीघ्र लिन आग्रह गरेको छ।
बिज्ञापन
संस्थाले आर्थिक वर्ष २०६३/६४ देखि २०७५/७६ सम्मका लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई शेयर प्रमाणपत्र र परिचयपत्रसहित ३५ दिनभित्र एनआइएमबि एस क्यापिटल, लाजिम्पाटमा सम्पर्क गर्न भनेको छ। नियत समयभित्र लाभांश नलिएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ। बाँकी लाभांश विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।
बिज्ञापन
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्मको लाभांश पनि अझै नलिएका शेयरधनीलाई सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ।








