साताको अन्तिम कारोबार दिन शेयर बजार नेप्से परिसुचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
नेप्सेमा आज बिहीबार ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.८१ प्रतिशतका दरले कमाएका छन् । यस्तै, बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् ।
बिज्ञापन
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाए । यसदिन लिबर्टी इनर्जीको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २३ करोड २८ लाचख रुपैयाँको शेयर कारोबार भएको छ ।








