होमपेज > समता घरेलु लघुवित्तको नाफामा वृद्धि, यस्ता छन् अन्य सूचक

समता घरेलु लघुवित्तको नाफामा वृद्धि, यस्ता छन् अन्य सूचक

बिज्ञापन
बिज्ञापन

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा २४०.९१ प्रतिशत बढी खुद नाफा गरेको छ।

बिज्ञापन

लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। लघुवित्तले अघिल्लो वर्ष १९ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष ७३.७५ प्रतिशतले बढेर ३३ करोड ७७ लाख रुपैयाँ नाघेको छ। यता कुल सञ्चालन आम्दानी पनि २२ करोड ३२ लाख रुपैयाँबाट बढेर ३८ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

बिज्ञापन

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा अघिल्लो वर्ष ४ करोड ३९ लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष २३७.९४ प्रतिशतले बढेर १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको लाभांश क्षमता (वितरणयोग्य नाफा) अघिल्लो वर्ष ३ करोड ५४ लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगको छ। प्रतिशेयर आम्दानी पनि ४.४२ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ६२ करोड रुपैयाँ रहेको लघुवित्तले ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.३७ रुपैयाँ छ भने खराब कर्जा १०.४८ प्रतिशतबाट घटेर ६.८७ प्रतिशतमा झरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते