होमपेज > साउन २७ देखि तेह्रथुम पावरको अवितरित हकप्रद शेयर बिक्रीमा

साउन २७ देखि तेह्रथुम पावरको अवितरित हकप्रद शेयर बिक्रीमा

बिज्ञापन
बिज्ञापन

तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

बिज्ञापन

कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा जेठ ४ गतेसम्म कायम शेयरधनीले आवेदन दिएका थिए । यसरी रीतपूर्व आवेदन दिने शेयरधनीलाई ३५ लाख ८१ हजार २६२ कित्ता बाँडफाँट गरिएको हो ।

बिज्ञापन

बाँकी रहेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता लिलाली प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको उक्त शेयर शेयर खरिदका लागि लगानीकर्ताले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते