यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा नाडा अटो शो २०२५ आयोजना हुँदैछ । नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी UNITREE ले उक्त शो प्रस्तुत गर्दैछ ।
बिज्ञापन

बिज्ञापन
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस नाडा अटो शो २०२५ लाई नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ‘GO For More भन्ने’ नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिको तन्त्रलाई एकै छानामुनि ल्याउनेछ। नाडा अटो शो २०२५ केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब पनि बनेको छ ।
नाडा अटो शो २०२५, नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ । उक्त शो ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुटमा प्रदर्शनी हुनेछ ।
बिज्ञापन
नाडा अटो शो २०२५ मा यी विशेष प्रविधिहरू प्रस्तुत गरिनेछन्:
1-UNITREE रोबोट्स – स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू
2-Deepal eVTOL UAV( भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक
यसका अतिरिक्त नाडा अटो शो २०२५ मा १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू र १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा प्रदर्शनीमा राखिने छ ।

नाडा अटो शो २०२५ निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ:
-Title Sponsor: UNITREE (MAW Vriddhi)
-Co-Sponsor: Sikhar Insurance Company Ltd.
-Powered By: Campa Cola
-Mobility Partner: Yango
-Exclusive Ticketing Partner: Khalti by IME (भदाै २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक) को सुविधा पनि रहेको छ ।
नाडा अटो शो २०२५ मा सुविधाजनक जोन विभाजनः चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि हुनेछ । उक्त शोको टिकट प्रि बुकिङ खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ । शोमा मिडिया डेस्क सञ्चारकर्मीहरूको समन्वयका लागि रहनेछ । शोमा ट्राफिक सूचना डेस्क महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा रहनेछ । आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रण व्यवस्थासहितको उक्त शो मा सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था रहेको छ ।
-यस नाडा अटो शो २०२५ का प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो – ऐतिहासिक सवारी साधनहरूको प्रदर्शनमा रहेको छ । साथै:
Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Toyota RT, Mercedes Benz, Toyota RT40, VW Bus, Toyota Corrolla, Mazda Familla, Toyota MR2 जस्ता आकर्षक गाडिहरु प्रदर्शनमा रहेका छन् ।
नाडा अटो शो २०२५ मा (Made in Nepal Pavilion) स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी पनि रहेको छ । यसका साथै (International Business Pavilion) अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो बनेको यस शो सेमिनार, कार्यशाला, अन्तरक्रिया – ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित पनि बनेको छ ।
यस शो मार्फत दैनिक भाग्यशाली विजेता घोषणा पनि गरिनेछ । साथै, एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा ( Nepal Lube Oil Ltd. द्वारा प्रायोजित) पनि रहेको छ । जहाँ कतिपयले आफूलाई ‘ठूलो’ वा ‘सबैभन्दा राम्रो’ भन्दै हल्ला गर्छन्, त्यहाँ नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैलाई स्थापित गरिसकेको छ ।
१६ संस्करणहरूको सफल इतिहास, अग्रणी ब्रान्डहरूको सहभागिता र लाखौं दर्शकहरूको विश्वासले नाडा अटो शो लाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा परिचित गराएको छ ।








