साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४९ अंकले बढेको छ । १. ०५ प्रतिशतले बढेको नेप्से परिसूचक आज ३ हजार २.८० बिन्दुमा बन्द भएको हो ।
बिज्ञापन
नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर खरिद-बिक्रि हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो ३ सय २१ वटा कम्पनीका ४ करोड ४१ लाख कित्ता शेयर १९ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको थियो ।
बिज्ञापन
यसदिन विकास बैंक र फाइनान्स समुह घट्दा यस बाहेक अन्य सबै समुहमा हरियाली छाएको छ । आज अन्य समुह २.६९, माइक्रोफाइनान्स १.५७, बैंकिङ १.१४, लगानी १.०९ र नीर्जीवन बीमा १.०८ प्रतिशत बढेका छन् ।








