होमपेज > हिमालयन बैंकको एफपीओ बाँडफाँट

हिमालयन बैंकको एफपीओ बाँडफाँट

बिज्ञापन
बिज्ञापन

हिमालयन बैंकको एफपीओ आज साउन १३ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट गरिएको हो। एफपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

बिज्ञापन

बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ बिक्री खुला गरिएको थियो। बैंकले १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थपेर १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्री गरेको थियो। यो एफपीओमा १८ लााख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयर माग भएको थियो। जसमा १७ लाख ४ हजार २७३ आवेदकबाट माग भएको ३ करोड ३२ लाख ११ हजार ८० कित्ता शेयर सदर भएको थियो। यसमा १ लाख ७६ हजार २६० आवेदकबाट माग भएको १७ लाख ४ हजार २७३ कित्ता शेयर बदर भएको थियो।

बिज्ञापन

मागभन्दा बढी आवेदन परेका कारण हिमालयन बैंक एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये ९ लाख २५ हजार ४६ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनै आवेदकमध्ये भाग्यमानी ९ जनाले १ कित्ता थप शेयर पाएका छन्। यो एफपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजार धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, धितोपत्र निष्कासन गर्ने हिमालयन बैंक, सीडीएससीको मेरो शेयर र सीडीएससीकै  iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते