होमपेज > बुङ्गल हाइड्रोको आईपीओमा पर्याप्त आवेदन नपरेपछि समय थपियो

बुङ्गल हाइड्रोको आईपीओमा पर्याप्त आवेदन नपरेपछि समय थपियो

बिज्ञापन
बिज्ञापन

बुंगल हाइड्रोको आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ।

बिज्ञापन

कम्पनीले गत असार २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयबाट भने पर्याप्त आवेदन नपरेकोले साउन २६ गतेसम्म म्याद थप गरिएको छ।

बिज्ञापन

धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको हो।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ३० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अतिप्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ३५ प्रतिशत कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

बिज्ञापन

यसैगरी कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि जारी गरेको छ। दुवै समूहका लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले केदारस्यु–१ स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा, बुंगलस्थित कृषि विकास बैंकको शाखा, जयपृथ्वी नगरपालिकास्थित ग्लोबल आइएमई बैंकको शाखा र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

बुंगल हाइड्रोको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते