होमपेज > हिमालयन लाइफ इन्स्योरेन्सले पायो ‘ए प्लस’ रेटिङ

हिमालयन लाइफ इन्स्योरेन्सले पायो ‘ए प्लस’ रेटिङ

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्सले ‘ए प्लस’ रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हिमालयन लाइफलाई ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको हो।

बिज्ञापन

यो रेटिङ प्राप्त गर्ने कम्पनीलाई वित्तीय दायित्वको समयमै पूर्तिका सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ। यस्ता कम्पनीमा कम क्रेडिट जोखिम हुन्छ। इन्फोमेरिक्स क्रेडिट रेटिङद्वारा विज्ञप्तिमा यो रेटिङले लक्ष्मी सनराइज बैंकको नेतृत्वमा रहेको हिमालयन लाइफको अनुभवी प्रवर्द्धक समूह र प्रसिद्ध शंकर ग्रुपको संयुक्त समर्थन साथै विविध र अनुभवी व्यवस्थापन कर्मचारीको सामूहिक समर्थनलाई पनि ध्यानमा राखिएको उल्लेख छ।

बिज्ञापन

‘यसैगरी यो रेटिङ प्रदान गर्दा नेपालका सबै प्रदेशमा समान रुपमा फैलिएका २०९ शाखा भएको बलियो भौगोलिक कभरेजलाई पनि ध्यानमा राखिएको छ। यसले बलियो बजार प्रवेश प्रदान गरेको छ’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा हिमालयन लाइफको विविध लगानी पोर्टफोलियोलाई पनि ध्यानमा राखेर ए प्लस रेटिङ प्रदान गरिएको उल्लेख छ। ‘यसमा कम्पनीको ७५ प्रतिशत स्वामित्व भएको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर (इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकर र कोष प्रवद्र्धक) मा रणनीतिक इक्विटी सहभागिता समावेश छ’, विज्ञप्तिमा भनिएको छ।

हिमालयन लाइफ साबिक प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जर भएर बनेको कम्पनी हो। यो मर्जरले कम्पनीको पुँजी आधारलाई उल्लेखनीय रुपमा बलियो बनाएको छ। जसले गर्दा कम्पनीको जोखिम अवशोषण क्षमतामा वृद्धि भएको छ।  यस मर्जरले कम्पनीको सम्पत्ति आधार, सञ्चालन स्केल र बजार हिस्सामा पनि उल्लेखनीय वृद्धि गरेको छ।

बिज्ञापन

‘जसले हिमालयन लाइफलाई नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीहरुमा स्थान दिएको छ’, विज्ञप्तिमा भनिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते