फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारीको प्रस्ताव राखेर साधारण सभा समेत आह्वान गरेको छ ।
बिज्ञापन
साधारण सभा साउन ३० गते डीडीआई ब्यांकेट, बुद्धनगर, काठमाडौंमा दिउँसो २ बजेबाट शुरु हुनेछ । साधारण सभाले कम्पनीको आईपीओ जारीको प्रस्ताव पारित गर्नेछ । साथै, जारी पुँजी तथा पुँजी हेरफेर गर्न प्रबन्धपत्र संशोधन, कम्पनीको शेयर खरिदबिक्री लगायत अन्य कार्यका लागि विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्डको अनुमति लिने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
बिज्ञापन
त्यस्तै, सोही साधारण सभाले वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षका सबै वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिको सेवा सुविधा निर्धारण गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा आगामी तेस्रो कार्यकालका लागि सञ्चालक समिति निर्धारण गर्नेछ ।








