प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ४५ हजार ३४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बिज्ञापन
कम्पनीले संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्रीका लागि राखेको जनाएको छ । उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो ।
बिज्ञापन
उक्त शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।







