छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बिज्ञापन
संस्थाले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मध्यबोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
बिज्ञापन
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । निर्धारित मितिसम्म कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।








