होमपेज > असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै सिद्धार्थ बैंक

असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै सिद्धार्थ बैंक

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ बैंकले भोलि असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।

बिज्ञापन

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो। सर्वसाधारणले यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा समपूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।

बिज्ञापन

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बैंकिङ समयपछि हुनेछ। सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते