पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको छ ।
बिज्ञापन
कम्पनीले सभा असार २७ गते काठमाडौंको अनामनगरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे डाकेको हो । सभामा कम्पनीको आईपीओ निष्काशनको रकम वृद्धि गरी आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त पुँजीको उपयोगबारे निर्णय गर्ने र चुक्तापुँजी वृद्धिको उपयोगिताको विशेषमा निर्णय गर्ने जस्ता विशेष प्रस्तावहरु पारित गरिने छ ।
बिज्ञापन
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।








