होमपेज > सांग्रिला डेभलपमेन्ट बैंकद्धारा रोल्पाको स्वास्थ्य केन्द्रलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा रोल्पाको स्वास्थ्य केन्द्रलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण

बिज्ञापन
बिज्ञापन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

बिज्ञापन

असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गर्नुभएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरिएको हो ।

बिज्ञापन

‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण कार्यक्रममा सुनिल स्मृती गाउँपालिकाका अध्यक्ष मनिराज बुढाथोकी, गाउँपालिका उपाध्यक्ष मीना थापा सांग्रिला डेभलपमेन्ट बैंक सुलिचौर शाखाका इन्चार्ज कमल विक्रम शाह लगायतको उपस्थिती थियो । गाउँपालिका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष थापा तथा डा।महराले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विरामीको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि यसै महिना मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पनि एक थान ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको थियो । आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

बिज्ञापन

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते