होमपेज > ह्वात्तै बढ्यो अन्डाको मूल्य

ह्वात्तै बढ्यो अन्डाको मूल्य

बिज्ञापन
बिज्ञापन

तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा गर्मी बढेकाले माग अनुसारको अन्डा उत्पादन नहुँदा भाउ बढेको हो ।

बिज्ञापन

अन्डाको उत्पादन २५ प्रतिशतसम्म घटेपछि माग धान्न कठिन भएको सङ्घले जनाएको छ । गत वैशाखदेखि असारको १९ गतेका बिचमा अन्डाको मूल्य प्रतिक्रेट न्यूनतम ३५ देखि १४५ रुपियाँसम्म बढेको छ । वैशाखमा मध्यम अन्डा प्रतिक्रेट ३२० रुपियाँ रहेकोमा हाल बढेर ४६५ रुपियाँ थोक मूल्य तोकिएको छ भने ठुलो अन्डा प्रतिक्रेट ४५० रुपियाँ रहेकोमा अहिले बढेर ४९५ रुपियाँ पुगेको छ ।

बिज्ञापन

यस्तै एक्सेल अन्डा प्रतिक्रेट ४७० रुपियाँबाट बढेर ५१० रुपियाँ पुगेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले जेठयता अत्यधिक गर्मीका कारण अन्डाको उत्पादन घटेकासँगै मूल्य बढेको जानकारी दिनुभयो । “हाल बजारमा अन्डाको माग बढी छ, उत्पादन छैन,” उहाँले भन्नुभयो, “त्यसैले असारमा मात्रै अन्डाको भाउ दुई पटक बढेको छ ।”

अन्डाको मूल्य बढे पनि किसानको लागत अझै नउठेको दाबी गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो, “प्रतिगोटा अन्डा उत्पादन लागत १६ रुपियाँ ५६ पैसा लाग्छ अहिले बढेर १६ रुपियाँ ५० पैसासम्म पुगेर लागतको नजिक भाउ पाउन थालेका छौँ । फाइदा त धेरै पछिको कुरा हो, गत फागुनदेखि नोक्सानमा कारोबार गरेका छौँ ।”

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते