होमपेज > निफ्राको अगुवाइमा सेतीखोला जलविद्युत्को क्यासकेड निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता

निफ्राको अगुवाइमा सेतीखोला जलविद्युत्को क्यासकेड निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता

बिज्ञापन
बिज्ञापन

सेतीखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिज्ञापन

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा यो आयोजना निर्माण हुने छ । चलगानी सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष अनुप आचार्य र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

बिज्ञापन

आयोजनाको कुल लागत एक अर्ब ९८ करोड रुपियाँमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वः पुँजीमा आयोजना बनाउन लागिएको हो । स्वः पुँजीतर्फ आफ्नो समूहका अतिरिक्त डोल्मा इम्प्याक्ट फन्डको लगानी रहने आचार्यले जानकारी दिनुभयो । सेतीखोला हाइड्रोले नै निर्माण गरिरहेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

सोही परियोजनाको टेलरेसबाट निस्केको पानी सदुपयोग गर्ने गरी सेतीखोला क्यासकेड जलविद्युत् आयोजना (९.८ मेगावाट) बनाउन लागिएको हो । आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सल्टेन्स रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । क्यासकेड आयोजनाबाट २०८६ वैशाखभित्र व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको आचार्यले जानकारी दिनुभयो ।

बिज्ञापन

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि ४.४ किलोमिटर दुरीको ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत सेतीखोला जलविद्युत् आयोजनाको स्विचयार्डमा पुर्‍याइने छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते