होमपेज > एनएमबि बैंकको नाफा ४५.६१% ले बढ्यो, ईपीएस कति?

एनएमबि बैंकको नाफा ४५.६१% ले बढ्यो, ईपीएस कति?

बिज्ञापन
बिज्ञापन

एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले बैंकको वित्तीय प्रदर्शन सुधारिएको स्पष्ट संकेत गर्दछ।

बिज्ञापन

बैंकले यो अवधिमा २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ पुगेको छ, जसले आगामी दिनमा लगानीकर्ताले थप लाभांशको अपेक्षा गर्न सक्ने आधार बनाएको छ। साथै, १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्तापूँजीसहित १२ अर्ब ६९ करोड रुपैयाँ जगेडा कोषमा सञ्चित गरिएको छ।

बिज्ञापन

निक्षेप र कर्जामा सन्तुलित वृद्धि देखिएको छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसले बैंकको बजार हिस्साको सुदृढता र कर्जाको उच्च मागलाई स्पष्ट पारेको छ। बैंकको खुद ब्याज आम्दानीमा १३।७२ प्रतिशतको वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जसले बैंकको ऋण लगानी व्यवस्थापनलाई थप प्रभावकारी बनाएको देखाउँछ। त्यसैगरी, कुल सञ्चालन आम्दानी पनि १४।२८ प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको बैंकको इम्पेरमेन्ट चार्जमा भएको गिरावट हो। अघिल्लो वर्ष ९५ करोड ७६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको जोखिम व्यवस्थापन क्षमतामा सुधार आएको र ऋण पुनस्वर्गीकरणको प्रभावलाई न्यून गर्ने संकेत गर्दछ। बैंकको प्रतिशेयर आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यो वर्ष बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा वृद्धि भई २१ रुपैयाँ ८२ पैसा पुगेको छ। साथै, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १०।९५ गुणा रहनुले बैंकको लगानी क्षमतामा विश्वास कायम गरेको छ।

बिज्ञापन

बैंकले नाफा, ब्याज आम्दानी, र जोखिम व्यवस्थापनका सूचकांकमा सुधार देखाउँदै लगानीकर्ताको विश्वास जितेको छ। यसको हालको वित्तीय अवस्था र व्यवस्थापनको कुशलताले आगामी दिनमा बैंकले थप उचाइ हासिल गर्ने संकेत गर्दछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते