होमपेज > हरित अर्थतन्त्र वातावरणमैत्री सोच मात्रै होइन, समावेशी विकासको संरक्षणमा आधारित समग्र नीति हो: मन्त्री अधिकारी

हरित अर्थतन्त्र वातावरणमैत्री सोच मात्रै होइन, समावेशी विकासको संरक्षणमा आधारित समग्र नीति हो: मन्त्री अधिकारी

बिज्ञापन
बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।

बिज्ञापन

बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।

बिज्ञापन

उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र एउटा नीतिको जरुरी छ । हामीले जुन उदेश्य बोकेका छौं त्यो उदेश्य पूरा गर्नलाई सबै क्षेत्रबाट अगाडि बढ्न आवश्यक छ । हामीले जुन उद्देश्य बोकेका छौं त्यो उद्देश्य पूरा गर्न सबै क्षेत्रबाट संयुक्त प्रयास आवश्यक छ । हामी ‘हुदैन’ भन्ने सोचबाट होइन, ‘के गर्न सकिन्छ’ भन्ने दृष्टिकोणबाट अघि बढ्नुपर्छ ।’

मन्त्री अधिकारीले हालको कृषि प्रणाली जलवायु जोखिमप्रति अत्यन्त संवेदनशील भएको बताउँदै अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, वातावरणमैत्री प्रविधिको प्रवद्र्धन तथा जलवायु स्मार्ट कृषि प्रणालीको विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

बिज्ञापन

उनले न्यून कार्बन उत्सर्जनमा आधारित कृषि प्रणाली अपनाएर मात्रै दीर्घकालीन खाद्य सुरक्षाको सुनिश्चितता गर्न सकिने बताए ।
उनले भने, ‘हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशिल भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेति, अनुकुल प्रर्यावरण प्रविधिको प्रवद्र्धन तथा नविन कृषि प्रणाली जस्तै जलवायु स्मार्ट कृषि, न्यून आर्जनका कार्वन प्रणालीमा ध्यान दिन जरुरी छ । ’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते