साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सुधार देखिएको छ ।
बिज्ञापन
आज शेयर बजार मापक नेप्से परिसूचक ३.६१ अंकले बढेर २६ सय ८७ दशमलव ६३ बिन्दुमा रोकिएको छ । शेयर बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।
बिज्ञापन
हिजो ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख २७ रूपैयाँको कारोबार भएको थियो । यसदिन बैंकिङ, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै समुहका उपसूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक १.४१ प्रतिशतले बढेको छ ।








