सोमबार राती तिब्बतमा आएको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क पुर्ण रुपमा बिच्छेद भएको छ ।
बिज्ञापन
रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ ।
बिज्ञापन
रसुवागढी भन्सार कार्यालयको यार्डमा रहेका केहि विद्युतीय गाडि र मालबाहक ट्रकहरु बाढीले बगाएको बताउँदै उनले हालसम्म के कति आर्थिक क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको बताएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले भने बाढीका कारण भन्सार यार्डमा स्टक गरेर राखिएको इभी गाडीहरु बगाएको र अर्बौको रुपैयाँ बराबरको क्षति भएको अनुमान रहेको बताए । रसुवा जिल्लाको टिमुरेमा धेरै जनधनको क्षति भएको र राहत र उद्धारका लागि सम्बन्धित मन्त्रालयमा पुगेर समन्वय गर्ने तयारी भएको उनले जानकारी दिए ।
बिज्ञापन








