होमपेज > नेपाल एसबिआई बैंकले भव्य रुपमा मनायो ३२औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले भव्य रुपमा मनायो ३२औं वार्षिकोत्सव

बिज्ञापन
बिज्ञापन

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।

बिज्ञापन

सोही अवसरमा सपथ ग्रहण समारोहको आयोजना गरी आफ्ना सबै कर्मचारीहरूलाई बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ । कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकले हासिल गरेका उपलब्धिहरूमा प्रकाश पार्दै दिगो प्रगतिको लागि व्यक्तिगत जिम्मेवारी महत्वपूर्ण रहेको बताए । उनले सबै कर्मचारीलाई अझ सक्रिय भएर काम गर्न प्रेरित गरे ।

बिज्ञापन

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको सफलतामा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै निरन्तर योगदानका लागि अनुरोध गरे । प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाले कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।

वार्षिकोत्सवकै अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौैंको कमलादीस्थित कर्पोरेट कार्यालय र देशभरका सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो। साथै, रूपन्देही भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गर्ने कार्यक्रम पनि सफलतापूर्वक संचालन गरिएको थियो ।

बिज्ञापन

बैंकको दीर्घकालीन विकास र सामाजिक उत्तरदायित्वमा निरन्तर योगदानले आगामी दिनहरूमा पनि यसको सफलतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङसहित बैंकसँग १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखाहीन बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते