भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ ।
बिज्ञापन
भोजपुर नगरपालिका-२ का राजेन्द्र राई (रामप्रसाद राई) ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको हो। धारिलो हतियार प्रहार गरी राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए ।
बिज्ञापन
लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो । अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।








