होमपेज > एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपें नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ ।

बिज्ञापन

यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपें मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ्ग एप मार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

अलिपें नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध रहेका छन् । यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरुले अलिपें नेटवर्कमा जोडिएका मुलुकहरुका पर्यटकहरुले नेपालपे क्युआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् ।

बैंक र एनसीएचएलबीच भएको यस सम्झौतासँगै मुलुकको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते