होमपेज > धनुषाको धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीनारायणसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

धनुषाको धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीनारायणसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बिज्ञापन

बजार नाला तथा फोहरमैला व्यवस्थापनको योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष सिंहसहित ९ जनाविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। धनौजी गाउँपालिका तत्कालीन अध्यक्ष सिंह, उपाध्यक्ष रामबती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, साबनकुमार चौधरी, सब इन्जिनियर छोटे मण्डल, योजना शाखा प्रमुख नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल बिनोदकुमार मण्डल र एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक इन्द्रेशकुमार सिंहविरूद्ध मुद्दा दर्ता गरिएको हो।

बिज्ञापन

२०७७/७८ र २०७८/७९ मा मा गाउँपालिका अध्यक्ष सिंह सहितको टोलीले बजार नाला तथा फोहरमैला व्यवस्थापन योजनामा कर्मचारी र कन्ट्रक्सन प्रालिले कामै नगरी रकम भुक्तानी गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।  उनका अनुसार बोलपत्र आह्वानदेखि कामै नभएको योजनामा पनि भुक्तानी लिएको देखिएको छ। निर्माण कार्यमा भुक्तानी गरिएको ३१ लाख ३४ हजार ७७८ रकम बराबरको सम्पत्ति दुरूपयोग गरेको देखिएको छ।

त्यसैले उनीहरूविरूद्ध ३१ लाख ३४ हजार ७७८ रूपैयाँ बिगो माग दावी गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते