होमपेज > एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा.लि.बीच सहयोगको सम्झौता

एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा.लि.बीच सहयोगको सम्झौता

बिज्ञापन
बिज्ञापन

नेपालमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ कलेजहरू मध्ये अव्वल दर्जामा रहेको एभरेष्ट इन्जिनियरिङ कलेज र विदेशी प्रत्यक्ष लगानी (एफडिआई) अन्तर्गत अष्ट्रेलियाका नागरिकहरूको प्रत्यक्ष लगानी र स्वामित्वमा नेपालमा सञ्चालित एआई कम्पनी इन्टुजी प्रा.लि.बीच आज आपसी सहयोगको सम्झौता भएको छ।

बिज्ञापन

तीन वर्ष अगाडि देखि नेपालमा काम गर्दै आएको यस कम्पनी र एभरेष्ट इन्जिनियरिङ कलेज बीच लामो समय देखि आपसी सहयोगका विभिन्न कार्यक्रमहरू हुँदै आएकोमा ती कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा वैधानिकता दिन आज औपचारिक सम्झौता भएको जानकारी प्राप्त भएको छ।

बिज्ञापन

सम्झौता अन्तर्गत इन्टुजी प्रा.लि. का कार्यक्रमहरू सञ्चालन गर्न कलेजले भौतिक सुविधाहरू उपलव्ध गराउने र कलेजका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा इन्टर्नसिपको अवसर उक्त प्रा.लि. ले दिने भएको छ। यस सम्झौताबाट एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र आईटीका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने भएको छ।

नेपालका विभिन्न नीजि कम्पनीहरूमा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले २५ वर्ष अगाडि देखि आफ्नो सीप तथा दक्षता प्रदर्शन गर्दे आएको र यस कलेजका विद्यार्थीहरूलाई पहिले देखि नै नीजि कम्पनीहरूले रुचाउँदै आएको कलेजको तथ्याङ्कबाट देखिएको छ।

बिज्ञापन

एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा।लि। बीचको आज भएको सम्झौताले कलेजको स्नातक तहमा विद्यार्थीको थप आकर्षण हुने विश्वास कलेजका प्राचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठले व्यक्त गरे। इन्टुजीका प्रमुख सुचना अधिकारी रितेश शाहले उच्च इन्जिनियरिङ शिक्षा क्षेत्रमा देशकै सर्वोत्कृष्ट कलेजहरू मध्येमा परेको एभरेष्ट इन्जिनियरिङ कलेजसँग सहकार्यको सम्झौता आफ्नो कम्पनीको लागि गौरवको विषय भएको धारण व्यक्त गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते