होमपेज > प्याब्सन र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्ने सम्झौता

प्याब्सन र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्ने सम्झौता

बिज्ञापन
बिज्ञापन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

विहीबार प्याब्सन केन्द्रीय कार्यालय, काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकासमा खेलकुदको महत्व र देशभरका निजी विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सोही क्रममा प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले प्याब्सनको उद्देश्य भनेको देशमा असल शिक्षा दिने र असल नागरिक बनाउने भन्दै यस्तो सम्झौताको लामो यात्राको लागि हुनुपर्ने बताए ।

बिज्ञापन

नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले देश विकास र समृद्धिका लागि खेल क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै यसलाई विकास गर्न सम्झौता मार्फत अगाडि बढ्ने बताए । उनले भने, ‘मनोरञ्जन र ज्यान बनाउनका लागि खेल खेल्नेभन्दा पनि यसलाई नयाँ तरिकाबाट लाने हाम्रो योजना हो । देश विकास र समृद्धिका लागि खेल क्षेत्र एकदमै महत्वपूर्ण हुन्छ र यसलाई विकास गर्न सकिन्छ भनेर सम्झौता भएको हो । प्याब्सनले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेकाले यसकै माध्यमबाट खेलकुद क्षेत्रलाई पनि नयाँ तरिकाबाट लान सकिन्छ भन्ने विश्वास हो ।’

खेललाई उद्यमशिलतासँग जोडेर लान सकिन्छ भन्ने विश्वासका साथ खेललाई आधारभूत तहसम्म लान साझेदारी भएको पनि उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते