होमपेज > ब्राउन सुगरसहित नेपाली सेनाका एक जना जवान पक्राउ

ब्राउन सुगरसहित नेपाली सेनाका एक जना जवान पक्राउ

बिज्ञापन
बिज्ञापन

लागुऔषधसहित नेपाली सेनाका एक जना जवान पक्राउ परेका छन्।

बिज्ञापन

उनीलाई बाँके प्रहरीले साढे १० ग्राम बढी लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–३ का २६ वर्षीय सन्जु आले रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीका अनुसार उनलाई बुधबार बेलुकी ६ बजेतिर आफ्नै घरबाट पक्राउ गरेका हुन्।

बिज्ञापन

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रूपमा खटिएको सादा पोशाकका प्रहरीले आलेलाई पक्राउ गरेको हो। उनको घरको कोठाबाट १० ग्राम ६०० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी पातलीले बताए।

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान जारी रहेको तथा म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका आले नेपाली सेनाका जवान हुन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते