होमपेज > ‘सिटिजन्स सदावहार योजना’ को इकाइ आजदेखि खुला

‘सिटिजन्स सदावहार योजना’ को इकाइ आजदेखि खुला

बिज्ञापन
बिज्ञापन

सिटिजन्स सदावहार योजनाको इकाइ आज असार १३ गते शुक्रबारदेखि खुला हुने भएको छ । यो योजना असार १७ गतेसम्म खुला रहने छ । साथै, उक्त समयसम्ममा सम्पूर्ण इकाइ बिक्री नभएको अवस्थामा असार २७ गतेसम्म इकाइ बिक्रीका लागि खुला गरिने छ ।

बिज्ञापन

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट ५० करोड रुपैयाँको एसआईपीसमेत गर्न सकिने अनुमति प्राप्त भइसकेको छ ।

बिज्ञापन

सिटिजन्स सदावहार योजना खरिद गर्नका लागि आफ्नो मेरोशेयर खातामार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम एक सय र अधिकतम पाँच लाख इकाइ खरिद आवेदन दिन सकिने प्रावधान छ । साथै, यस योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँटपश्चात् नियमक निकायहरूको नियमानुसार तथा स्वीकृति लिई एसआईपीमार्फत थप इकाइहरू निष्कासनको व्यवस्थासमेत मिलाइनेछ ।

बिज्ञापन

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित अन्य योजनाहरूमध्ये प्रतिइकाइ अङ्कित मूल्य १० रूपैयाँ दरका आठ करोड २० लाख इकाइहरू रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ वर्षे बन्दमुखी योजना परिपक्व भई अन्तिम प्रतिइकाइ खुद सम्पत्ति मूल्य ११।३० रूपैयाँमा प्रचलित कानुनबमोजिम कर कट्टी समायोजन गरी इकाइधनीहरूको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जेठ २७ गतेदेखि क्रमानुसार रकम १३ प्रतिशत प्रतिफलसमेत जम्मा गर्न सुरू गरिएको थियो ।

सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको प्रतिफलसमेत प्रतिइकाइ लगानीको औसत वार्षिक प्रतिफल १२ प्रतिशत छ । भौतिक रूपमा इकाइ धारण गरी हालसम्म पनि अभौतिकीकरण नगराएका इकाइधनीहरूले रकम फिर्ता भुक्तानी (प्रतिफलसमेत) प्राप्त गर्नका लागि सिटिजन्स क्यापिटलमा वास्तविक तीनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम, खाता नं। र हितग्राही खाता नं। स्पष्टसँग उल्लेख गरी निवेदन पेस गर्न सक्नेछन् ।

आफ्नो इकाइ धितोमा राखी कर्जा सुविधा उपभोग गरेका इकाइधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट धितो राखेको इकाइको सङ्ख्यासमेत खुल्ने गरी फुकुवापत्र सिटिजन्स क्यापिटलमा पेस गरेपश्चात् इकाइधनीको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिनेछ । साथै, विगतका आर्थिक वर्षहरूमा वितरण गरेको प्रतिफलसमेत हालसम्म विभिन्न कारणवस प्राप्त गर्न नसकेका इकाइधनीले आ–आफ्नो डिम्याट खातामा बैंक खाता नं। समेत अद्यावधिक गराउन सक्नेछन् ।

सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटलमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमतिप्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो र यो कम्पनीमा श्री कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय छ ।

काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक ९पोर्टफोलियो म्यानेजर० को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते