नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको शेयर कारोबार भएको हो । बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको शेयरमूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको शेयर मूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।
बिज्ञापन
बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








