सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरेको छ।
बिज्ञापन
उक्त शेयर संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता रहेको छ। यसअघि बैंकले राष्ट्र बैंकको नियमअनुसार उक्त शेयर संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला गरेको थियो। तर तोकिएको समयावधिभित्र उक्त शेयरका लागि आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न मिल्ने गरी बिक्री खुला गरेको हो।
बिज्ञापन
सो शेयर किन्न इच्छुक लगानीकर्ताले अबको ७ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाएर आवेदन दिनु पर्नेछ।








