नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको आयात ५ % बढेको छ ।
बिज्ञापन
ग्यास खपत बढेसँगै आयातमासमेत वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउन–जेठ) सम्म ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपियाँ बराबरको ५ लाख ६ हजार मेट्रिक टन ग्यास आयात भएको हो ।
बिज्ञापन
गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपियाँको ४ लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आवको तुलनामा ६ अर्ब रुपियाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयातबढी हो । ग्यासको मागसँगै खपत बढेकाले आयातमा समेत वृद्धि भएको तथ्याङ्कले देखाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा ग्यासको प्रयोग बढ्न थालेकाले पनि ग्यासको खपत बढ्दै गएको हो । उनले भने, ग्यासको माग बढ्दै गएकाले आयातमा समेत वृद्धि भएको छ। घरायसी प्रयोगसँगै व्यावसायिक प्रयोजनका लागि ग्यासको खपत हुनेगर्छ ।
सरकारले विद्युत्को प्रयोग बढाएर ग्यासको आयात घटाउने लक्ष्य लिए पनि ग्यासको आयात भने घट्नुका साथै बढ्दै गएको छ । पछिल्लो समय घर घरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगसमेत बढ्दै गएको छ । खाना पकाउनका लागि विद्युतीय चुलोको प्रयोग भए पनि बिजुलीमा पूर्ण रूपमा भर नहुँदा ग्यासको खपत भने अझै बढ्दै गएको तथ्याङ्कले देखाएको छ । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार ग्यास उद्योगीले ग्यासको आयात नियमित रूपमा गरिरहेका छन् ।
बिज्ञापन
निगमले ग्यासको खरिद आदेश (पिडियो) जारी गर्ने र निजी व्यवसायीले ग्यास आयात गर्ने गर्छन् । गर्मी समयको तुलनामा जाडो समयमा ग्यासको खपत १० प्रतिशतले बढ्ने गर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको ।








