होमपेज > धितोपत्र बोर्डबाट यी दुई बैंकले पाए ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

धितोपत्र बोर्डबाट यी दुई बैंकले पाए ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको छ।

बिज्ञापन

धितोपत्र बोर्डले आज असार ७ गते नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र ल्याउन अनुमति दिएको हो। नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएका छन्।

बिज्ञापन

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

नेपाल एसबीआई बैंकको ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ।

बिज्ञापन

कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र पनि १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले भने वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते