नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बिज्ञापन
पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले असार १५ गते आइतबार केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए ।
बिज्ञापन
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको सहभागिता रहने छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको विविध विषयमा छलफल हुने बताइएको छ ।









