सर्वोच्च अदालतमा प्रधानमन्त्री र अर्थमन्त्री विरूद्धको अदालतको अवहेलना निवेदनमा सुनुवाइ हुँदैछ।
बिज्ञापन
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ १५ गतेको बजेटमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै जेठ २५ गते निवेदन दर्ता गरेका थिए। उनले सुरूमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम किटान गरेर निवेदन लगेका थिए। तर पछि छलफल गरी नाम हटाएर निवेदन दर्ता भएको थियो।
बिज्ञापन
२०७८ जेठ १५ गते अध्यादेशमार्फत अर्थमन्त्रीले प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को आय व्यवयको सार्वजनिक वक्तव्यको बुँदा न. १९९ मा ‘वातावरणीय प्रभाव मुल्यांकनको आधारमा खानीजन्य ढुंगा गिट्टी बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानी जन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योग देखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु’ भन्ने बजेट वक्तव्य जारी गरिएको थियो।
सो बजेटको बुँदा नं. १९९ कार्यान्वयन नगर्नू नगराउनू भनी अधिवक्ता त्रिपाटफले रिट दायर गरेका थिए। त्यसमा संवैधानिक इजलासले २०७९र१र७ गते खानिजन्य निकासीलाई रोक्न परमादेशको आदेश जारी गरेको थियो।
बिज्ञापन
‘प्राकृतिक स्रोतको दोहन गरी ढुंगा गिट्टी बालुवा आदि निकासी गर्ने सम्बन्धमा संविधानका व्यवस्था भावना र मर्म समेत अनुकूल हुने गरी संघीय विधायिकाद्वारा अन्यथा व्यवस्था नगरेसम्म नेपालको कुनै पनि क्षेत्रबाट ढुंगा गिट्टी आदिको निकासी गर्ने गराउने कार्य नगर्नू नगराउनू, मुलुकको भौगोलिक भौगर्भिक र वातावरणीय संवेदनशीलता समेतलाई दृष्टिगत गरी प्रशासन र सुरक्षा निकायहरू समेतको परिचालन गरी हाल भइ रहेको विदेश तर्फको निकासीलाई रोक्नु र वातावरण सरक्षणमा प्रभावकारी व्यवस्था मिलाउनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।
तर हालै जेठ १५ गते प्रस्तुत २०८२/०८३ को बजेटको बुँदा नम्बर ८ ले त्यसको उल्लंघन गरेको अधिवक्ता त्रिपाठीको दाबी छ।








