क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालकमा दुई जना निर्वाचित भएका छन् ।
बिज्ञापन
कम्पनीको गत शुक्रबार सम्पन्न दोस्रो साधारण सभाबाट इश्वर लाल श्रेष्ठ र सुनिता महर्जन संचालकमा निर्वाचित भएका हुन् ।
बिज्ञापन
कम्पनीको नियमावलीको नियम २७ को उपनियम २ मा व्यवस्था भएअनुसार समूह (ख) अन्तर्गत सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालकहरुको लागि निर्वाचन गनुपर्ने व्यवस्था छ । उक्त पदमा २ जनाको मात्रै उम्मेदवारी परेका कारण श्रेष्ठ र महर्जन निर्विरोध रुपमा संचालकमा निर्वाचित भएका हुन् ।







