होमपेज > ग्राउन्ड क्लियरेन्स बढाउन रोजरको रोजरएब सस्पेन्सन बफर

ग्राउन्ड क्लियरेन्स बढाउन रोजरको रोजरएब सस्पेन्सन बफर

बिज्ञापन
बिज्ञापन

रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको आफ्टर मार्केट एसेसरिज हो । यो हाई ग्रेड सिलिकनले बनेको निकै गुणस्तरीय प्रोडक्ट हो, जसमा कम्पनीले पाँच वर्षको ग्यारेन्टी दिएको छ ।

बिज्ञापन

यो प्रोडक्ट गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन र रफ सडकमा पनि सहज तरिकाले गाडी चलाउनका लागि निकै उपयुक्त हुन्छ । रोजरएब गाडीको चारवटै सस्पेन्सन क्वाइलमा ३० मिनेटमा जडान गरिन्छ । रोजरएब जडान गरेपछि यसले कुनै पनि पार्ट्सलाई प्रभाव पार्दैन । कम्पनीले दिएको जानकारीअनुसार यो सर्टिफाई प्रोडक्ट हो । यसमा पाँच वर्षको ग्यारेन्टी छ । पाँच वर्षभित्र कुनै समस्या भएमा कम्पनीले यो उत्पादनलाई प्रतिस्थापन गर्छ ।

बिज्ञापन

ग्राउन्ड क्लियरेन्स कम भएका गाडी सडकमा ठोक्किने, स्पिड ब्रेकरमा छुने समस्या हुन्छ । रोजरएब जडान भएपछि गाडीको ग्राउन्ड क्लियरेन्स एकदेखि डेढ इन्चसम्म बढ्छ। अफरोडमा हल्लिने र जर्क हुने समस्या समाधान हुन्छ । कच्ची सडकमा गाडी चलाउँदा सस्पेन्सन बिग्रनबाट जोगाउँछ । साथै, गाडी खराब बाटोमा चलाउँदा पनि ह्यान्डलिब राम्ररी गर्न सकिन्छ र निकै सहज फिल हुन्छ । यो इन्डियामा रोज कम्पनीले बनाएको प्याटेन्ड प्रोडक्ट हो । यसलाई अरु कम्पनीले कपि गरेर उत्पादन गर्न सक्दैन । यसको इन्डियाबाट विभिन्न देशमा निर्यात हुन्छ । नेपालमा पनि यसको सफल परीक्षण र जडान भइरहेको छ । अहिले यसका डिलरहरु विकसित भइरहेका छन् ।

बिज्ञापन

रोजरएब ग्राउन्ड क्लियरेन्स कम भएका र कम्फर्टका लागि जुनसुकै गाडीमा जडान गर्न सकिन्छ । टोयोटाको आधिकारिक सर्भिस सेन्टरले नै यसको प्रयोग गर्न सुरु गरेको छ । कम्पनीले अन्य ब्रान्डसँग पनि सहकार्यको प्रयास गरिरहेको छ । यो प्रोडक्ट लाइट प्यासेन्जर भेइकलका लागि जम्मा सातवटा साइजमा आउँछ, जसले कारदेखि जिपसम्म कभर गर्छ । कम्पनीले यो प्रोडक्टमा ३० दिनको वाइ ब्याक वारेन्टी पनि दिएको छ । कम ग्राउन्ड क्लियरेन्स भएका गाडीका लागि यो प्रोडक्ट निकै उपयोगी हुन्छ र इभीहरुमा ब्याट्री तल्लो भागमा हुने भएकाले इभीका लागि यो प्रोडक्ट झनै उपयोगी छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते