होमपेज > सशस्त्र प्रहरीको एआइजीमा गणेशबहादुर ठाडा मगर सिफारिस

सशस्त्र प्रहरीको एआइजीमा गणेशबहादुर ठाडा मगर सिफारिस

बिज्ञापन
बिज्ञापन

सशस्त्र प्रहरी बलको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा गणेशबहादुर ठाडा मगर सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बिज्ञापन

बढुवा चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूले सात दिनभित्र उजुरी गर्न सक्नेछन्। सशस्त्र प्रहरीको एआइजी पद रिक्त भएको लामो समय बित्दा पनि बढुवा समितिको बैठक बस्न सकेको थिएन। बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष र सशस्त्रका आइजिपी सदस्य सचिव रहन्छन्।

बिज्ञापन

एआइजी चन्द्रप्रकाश गौतम ३० वर्षे सेवा अवधिका कारण वैशाख २ गते नै अवकाशमा गएका थिए। उनको अवकाशपछि एआइजीको पद रिक्त थियो। समितिले वैशाख १४ गते दाबेदारीका लागि आवेदन दिन एक हप्ताको सूचना प्रकाशन गरेको थियो। त्यसमा डिआइजीहरू कमल गिरी, गणेशबहादुर ठाडा मगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले बढुवाका लागि आवेदन दिएका थिए।

गिरी, ठाडा मगर, सुवेदी र नेम्वाङ २०५६ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सेवा प्रवेश गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका डिआइजीहरू हुन्। ठाडामगर प्रहरी निरीक्षक देखि एसएसपी हुँदासम्म पहिलो नम्बरमा थिए। एसएसपीबाट डिआइजी हुँदा कमल गिरीले उनलाई उछिनेर वरियताको पहिलो नम्बरमा आएका थिए। तर अहिले डिआइजीबाट एआइजीमा बढुवा हुँदा ठाडमगरको सिफारिस भएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते