होमपेज > नाइमा मोबिलिटी एक्स्पो’ सुरु, ३५ वटा नयाँ सवारी साधान लञ्च गरिने

नाइमा मोबिलिटी एक्स्पो’ सुरु, ३५ वटा नयाँ सवारी साधान लञ्च गरिने

बिज्ञापन
बिज्ञापन

आजदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले पहिलो पटक ‘नाइमा मोबिलिटी एक्स्पो, २०२५’को आयोजना गर्दैछ । उक्त एक्सपो साउन २५ गतेसम्म सञ्चालन हुने छ ।

बिज्ञापन

एक्स्पोमा ५० वटा भन्दा बढी ब्राण्डले सहभागिता जनाउने र ३५ वटा नयाँ भेहिकलहरू सार्वजनिक गर्ने तयारी रहेको नाइमाकी अध्यक्ष रितु सिंह बैद्यले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा दुई र चार पांग्रे १५र१५ वटा र पाँचवटा कमर्सियल भेहिकलका नयाँ मोडलहरू सार्वजनिक गर्न लागिएको हो । एक्स्पो नेपालकै ठूलो र महत्वपूर्ण एक्सपो बन्ने विश्वास व्यक्त गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका् सहभागितामा प्यानल डिस्कसन गरिने जानकारी दिइन् ।

बिज्ञापन

‘मोबिलिटी हिँजो, आज र भोलि’ नाराका साथ आयोजना हुने एक्स्पोमा टिकटबाट सङ्कलित रकमको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशीप प्रदान गरिने बताइन् । एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले प्रदर्शनीस्थललाई जल निकासी र अपाङ्गमैत्री पूर्वाधारसहित निर्माण गरिएको जानकारी दिए । उनले उनले नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी दिएका छन् ।

उनका अनुसार एक्स्पोलाई एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्सले प्रमुख प्रायोजन गरेको छ । यस्तै, टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वरेल्डलिंक, हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेज्मेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

बिज्ञापन

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एभरेष्ट बैंकका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते