होमपेज > दोर्दी खोला जलविद्युत्को साढे १९ लाख कित्ता शेयर लिलाम बिक्रीमा, सबैले किन्न पाउने

दोर्दी खोला जलविद्युत्को साढे १९ लाख कित्ता शेयर लिलाम बिक्रीमा, सबैले किन्न पाउने

बिज्ञापन
बिज्ञापन

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आज जेठ ११ गतेदेखि अवितरित शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ ।

बिज्ञापन

कम्पनीले यसअघि १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद खुला गरेको थियो । जसअन्तर्गत मागअनुसार ८५ लाख ९५ हजार ९२८ कित्ता शेयर बिक्री भइसकेको छ । बाँकी बाँडफाँटमा नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

बिज्ञापन

कुल शेयरमध्ये संस्थापकतर्फको १४ लाख ५० हजार ९९७ कित्ता शेयर असार ७ गतेसम्म लक इनमा रहनेछ । बाँकी सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६९७ कित्ता भने लकइनमा नरहेको शेयर हो । उक्त शेयर जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आफूले के कति दररेटमा लिने हो सोको विवरण खुलाई जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । दरखास्त फाराम भने कम्पनीको कर्पोरेट कार्यालय, त्रिपुरेश्वर, बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं वा सानिमा बैंकका विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमजुङलगायतका स्थानमा पाइनेछ । सोही स्थानमा फाराम तथा रकम जम्मा गर्न सकिने बताइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते