होमपेज > राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

बिज्ञापन

सहकारी ऐन, २०७४ को दफा १०३ ङ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। आइतबार प्रकाशित सूचनाअनुसार अध्यक्ष र विज्ञ सदस्य पदका लागि तोकिएको शैक्षिक योग्यता तथा अनुभव पूरा गर्ने उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।

बिज्ञापन

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा १५ वर्षको कार्य अनुभव र विज्ञ सदस्य पदका लागि सोही विषयमा स्नातकोत्तर उपाधिसहित कम्तीमा १० वर्षको अनुभव आवश्यक छ। साथै, उम्मेदवारको उमेर दरखास्त दिने दिनसम्म ६० वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनसँगै पेश गर्नुपर्ने कागजातहरूमा नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, व्यक्तिगत विवरण, फोटो, दस्तुर बुझाएको रसिद, र व्यावसायिक कार्ययोजना समावेश छन्।

दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८२ साल जेठ २५ गतेसम्म कायम गरिएको छ। सो दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म दरखास्त दिन सकिनेछ। दरखास्त राष्ट्रिय सहकारी नियमन प्राधिकरण, हरिहरभवन, पुल्चोक, ललितपुरमा पेश गर्न सकिनेछ। दरखास्त दस्तुरको लागि पाँच हजार रुपैयाँ प्राधिकरणको आम्दानी खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते